खुमैडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो। समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चन डाँडा पुगिन्छ । कोर्चन तीन हजार छ सय ८२ मिटरको उचाइमा छ ।
यहाँ खान बस्नका लागि होटलहरूको राम्रो सुविधा छ। खासगरी सिजनका बेला पर्यटकको चाप अत्याधिक रहने हुँदा एक हप्ता अगाडि नै होटल बुक जाँदा राम्रो हुन्छ।
स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै गर्न सकिन्छ। पोखराको हेम्जादेखि सरिपाखासम्म मोटर यात्रा र त्यसपछि पाँचदेखि सात घण्टाको हिँडाइमा खुमै पुग्न सकिन्छ।


0 Comments
Please do not enter any spam link in the comment box.