तनहुँ जिल्लाको भिमाद गाउँपालिका-५ मा अवस्थित मिछुर्लुंङ्ग गाउँ मगर जातिको बसोबास भएको गाउँ हो। भिमाद बजारबाट ४ किलोमिटरको दुरीमा रहेको यो गाउँबाट दुलेगौडा, भिमाद बजारसँगै उत्तरतिर लहरै हिमालय शृङ्खलाहरू देख्न सकिन्छ।
ग्रामीण पर्यटनको ठूलो सम्भावना रहेको यस गाउँमा आगन्तुकहरूले जाडोमा सुन्तलाको स्वाद लिन सक्छन्। २०७२ मा सुरु भएको होमस्टेमा यस गाउँमा आउने पाहुनाहरूले कोदोको रोटी, ढेंडो, स्थानीय चामलको भात, मकै, लोकल कुखुराको मासु, सिजन अनुसारका तरकारीको स्वाद लिन पाउँछन्।

0 Comments
Please do not enter any spam link in the comment box.