पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित विजयपुर आर्वा हो यस ठाउँको नाम। पोखरा शहरबाट उत्तरमा अवस्थित यो सुन्दर गाउँ शहरको कोलाहल र भीडभाड बाट मुक्त छ।
पोखराको काहुँखोलाबाट आधा घण्टा सवारी तथा दुई घण्टामा हिंडेर पुग्न सकिने यो गाउँबाट पोखरा लगायत हिमालय श्रृंखलाको दृश्यावालोकन गर्न सकिन्छ।
यहाँ बस्नको लागि होमस्टेको सुविधा छैन। यद्यपी खाजा नास्ताको लागि भने सामान्य होटल उपलव्ध छन्। शहरको भीडभाड र कोलाहलबाट केहि समय आफूलाई आइसोलेटेड गर्न यो गाउँ सबैका लागि उपयुक्त छ।


0 Comments
Please do not enter any spam link in the comment box.