पोखरा तालै तालको शहर मात्र होइन, इतिहास र संस्कृतिले भरिएको बस्तीका रूपमा पनि चिनिन्छ। आज हामीले दैनिक सुनिरहेका मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, र छोरेपाटन जस्ता नामहरू केवल स्थानका नाम होइनन्, यी पोखराको विगतसँग गाँसिएका ऐतिहासिक चिनारी हुन्।
"पाटन" शब्दको अर्थ समथर, फराकिलो वा खुला मैदान हो। प्राचीन समयदेखि नदी किनार वा उर्वर समथर भूभागलाई पाटन भनिन्थ्यो। पछि त्यही भूगोल, त्यहाँ बसोबास गर्ने समुदाय, पेशा वा विशेषताका आधारमा ती स्थानले छुट्टाछुट्टै नाम पाए।
आज यी अधिकांश पाटनहरू आधुनिक सहरमा परिणत भइसकेका छन्। खेतहरू घरमा, खुला मैदान सडक र बजारमा रूपान्तरण भएका छन्। तर स्थानका नामले भने अझै पनि पोखराको पुरानो भूगोल, संस्कृति र बसोबासको इतिहास बोकेर बसेका छन्।
पोखरामा रहेका र नामकरणका आधारमा परिचित यी पाटनहरूको सूची तल हेर्नुहोस्। सायद तपाईंको टोल वा बस्ती पनि यस सूचीमा पर्न सक्छ। यदि छुटेका कुनै पाटनका नाम थाहा भए, कृपया कमेन्टमा उल्लेख गर्न नबिर्सनुहोला।
१, मालेपाटन
२, छोरेपाटन
३, मियापाटन
४, बाँझापाटन
५, भिमकालिपाटन
६,मझेरीपाटन
७,सानीपाटन
८, फलेपाटन
९,ढुंगेपाटन
१०,फेदिपाटन
१२, गैह्रापाटन
१३, घारीपाटन
१४,शान्तिपाटन
१५,कोलपाटन
१६, डिहिकोपाटन
१७, टुंडाकोपाटन
१८,बरपाटन
१९, लामापाटन

0 Comments
Please do not enter any spam link in the comment box.