अस्ट्रेलियन क्याम्प समुद्री सतहबाट २०६० मिटरको उचाइमा अवस्थित एक प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँबाट दक्षिण पूर्वतर्फ पोखरा र सेती नदीको नागबेलीसँगै उत्तरतर्फ अन्नपूर्ण, धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण हिमश्रृंखलाहरू नजिकै देख्न सकिन्छ।
यो ठाउँ चर्चित मर्दी हिमाल ट्रेक जाने रूटमा पर्दछ। कास्कीको लुम्लेसम्म सवारी साधन र त्यस पश्चात पैदल यात्रा मार्फत रमणीय गाउँ, पहाड र बनको बीच भाग हुँदै यो ठाउँमा पुग्न सकिन्छ।

