पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा अवस्थित यो सुन्दर गाउँको नाम चुरुङ्गा हो।
यो गाउँको वास्तविक विशेषता त खासै छैन। तर, प्रकृतिक हिसाबले यो गाउँ भू-स्वर्ग हो। हिमाल खुलेको बेला यो गाउँबाट आँखै अगाडि माछापुछ्रे र मनास्लु हिमाल देख्न सकिन्छ। यो गाउँका मानिसको मुख्य पेशा कृषि हो भने, पोखराबाट लामाचौरहुँदै दुई पांग्रे सवारीमा यहाँ पुग्न अन्दाजी ४० मिनेट लाग्छ।
यो गाउँको सुन्दरताबारे धेरैलाई थाहा नभएपनि भुर्जुङखोला जाने आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुगेपछि केहिबेर रोकिएर फोटो -भिडियो कैद गरेर बाटो लाग्छन्। मेरोदृष्टिको अफिसियल टिकटक अकाउन्टमा यो गाउँको भिडियो सार्वजनिक भएपछि यस गाउँको लोकप्रियता पनि बढेको पाइन्छ।
अहिले यस गाउँमाथि दुर्गा पञ्चायन मन्दिर बनेपछि अझ यस ठाउँको सुन्दरता बढेको छ।


0 Comments
Please do not enter any spam link in the comment box.