पोखरा - ठुलास्वाँरा गाउँ पोखराबाट नजिकै रहेको होमस्टेको सुविधा रहेको गाउँ हो। यो गाउँ कास्की जिल्ला मादी गाउँपालिका वडा नं ५ मा अवस्थित छ। यहाँ पुग्न पोखराको काहुँखोलाबाट दुई पांग्रे सवारीमा अन्दाजी ३५ मिनेट लाग्दछ।
गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँका ११ घर होमस्टेमा आवद्ध छन्।
यो गाउँबाट पोखरासहित माछापुच्छ्रे, अन्नपूर्ण र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। सडकको अवस्था राम्रो भएकाले यहाँ ठूला साना सवारी सजिलै पुग्न सक्छन् । यस गाउँको मुख्य विशेषता भनेको यहाँको अर्ग्यानिक खाना हो। यहाँका किसानले होमस्टेमा आएका पाहुनालाई आफैले उत्पादन गरेको स्थानीय चामलको भात, ढेडो, सिजन अनुसारका तरकारी, दूध, घिउ, मह खुवाउने गर्दछन्।
पोखराबाट नजिकै प्रकृतिको आनन्द लिँदै आफ्नो व्यस्त दैनिकीबाट केहि समयमै पुग्न सकिने गन्तव्यको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि यो गाउँ उपयुक्त हुनसक्छ।


0 Comments
Please do not enter any spam link in the comment box.