भुम्दी–टुनार सामुदायिक होमस्टे कास्की जिल्ला पोखरा महानगरपालिका –२२ मा रहेको अर्को सुन्दर गाउँ हो। जसले गाउँको जीवनशैली, संस्कृति र प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गराउने अवसर दिन्छ ।
२०७० सालमा होमस्टे सेवा सुरू गरिएको यस सुन्दर गाउँ पोखरा नजिक भएर पनि, पर्याप्त प्रचार–प्रसारको अभावमा “बत्तीमुनिको छायाँ” जस्तै ओझेलमा परेको छ। यस गाउँबाट करिब १० मिनेट तल रहेको कालावाङ घरेडीमा पाहुनाले खचाखच भरिए पनि, यहाँका होमस्टेहरू भने प्रायः खाली हुने गरेका छन् ।
गाउँका १० घर होमस्टेमा आवद्ध यस गुरुङ गाउँमा आउने पाहुनाले न्यानो आतिथ्यतासँगै गाउँमै उत्पादित आग्र्यानिक खानाको स्वाद लिन पाउँछन् ।
७०–८० जनासम्म पाहुनाको समूहलाई सेवा दिन सक्ने यस होमस्टेमा गाउँका दिदी बहिनीहरू पर्यटन मार्फत गाउँलाई चलायमान बनाउन आतुर र प्रतिबद्ध छन् ।
यहि गाउँहुँदै पर्यटकिय पन्चासे क्षेत्र र थाप्ले हिल पुग्न सकिन्छ । यस गाउँबाट अन्नपुर्ण, माछापुछ्रे हिम शृंखला सँगै हरियाली डाँडा, जंगल र ग्रामिण जीवनको अनुभव गर्न सकिन्छ ।
पोखराबाट अन्दाजी १५ किलो मिटरको दूरीमा अवस्थित यस गाउँमा ठूला साना सवारी बाट सजिलै पुग्न सकिन्छ भने, पदयात्रा मनपराउनेका लागि छोरेपाटन–स्तुपा, पुम्दिकोट –कालावाङ्ग घरेडीहुँदै दुई घण्टामा सजिलै पुग्न सकिन्छ ।


0 Comments
Please do not enter any spam link in the comment box.