पोखरा महानगरपालिका–२६ मा अवस्थित गुँदे ताल संरक्षणको अभावका कारण पछिल्ला वर्षहरूमा चराचुरुङ्गीको आगमन घट्दै गएको स्थानीयले बताएका छन्।
करिब ४.९८ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको नाम पनि यहाँ पाइने गुन्द्री बुन्न प्रयोग गरिने 'गुँद' नामक वनस्पतिबाट रहन गएको जनविश्वास छ। गुँद वनस्पति प्रशस्त पाइने भएकाले समयक्रममा यस ताललाई गुँदे ताल भनेर चिनिन थालिएको बताइन्छ।
गुँदे ताल चराचुरुङ्गीका लागि महत्त्वपूर्ण बासस्थानका रूपमा परिचित छ। गर्मी मौसममा तराई क्षेत्रका विभिन्न प्रजातिका चरा गर्मी छल्न तथा जाडोयाममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न यस तालमा आउने गरेका छन्।
तर, तालको उचित संरक्षण, व्यवस्थापन र पर्यावरणीय सन्तुलन कायम राख्ने कार्य प्रभावकारी हुन नसक्दा पछिल्ला वर्षहरूमा यहाँ आउने चराचुरुङ्गीको संख्या क्रमशः घट्दै गएको स्थानीयको भनाइ छ।
जैविक विविधताको संरक्षण, प्राकृतिक सम्पदाको प्रवर्द्धन तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्न गुँदे तालको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकाय तथा स्थानीय समुदायको सक्रिय पहल आवश्यक देखिएको छ।
नोट : डकुमेन्ट्री, समाचार, प्रचारप्रसार वा अन्य प्रयोजनका लागि यस स्थानका उच्च गुणस्तर (4K, 60fps) का भिडियो फुटेज तथा फोटोहरू सशुल्क उपलब्ध छन्। आवश्यक परे सम्पर्क गर्न सक्नुहुन्छ।
Merodrishti1@gmail.com
Mob : 98560-37710

0 Comments
Please do not enter any spam link in the comment box.