कालावाङ घरेडी सामुदायिक होमस्टे

पोखरा महानगरपालिका–२२ मा अवस्थित कालावाङ घरेडी सामुदायिक होमस्टे पोखरा  नजिकै रहेको एक प्रसिद्ध होमस्टे हो। २०७१ सालमा १८ घरबाट घरबास कार्यक्रम सुरु गरिएको यस गाउँमा गुरुङ, ब्राह्मण र दलितको घरबाट समावेशी रुपमा होमस्टे सञ्चालनमा छ ।

कालावाङ घरेडी सामुदायिक होमस्टेले एकैपटक समुहमा आउने ६० देखि ७० जनासम्म पाहुनाको टोलीलाई सेवा दिन सक्छ । यहाँ आउने पाहुनाले गाउँमै उत्पादित अर्गानिक तरकारी, चामल, गेडागुडी, कोदोको रोटी, गुन्द्रकको अचार र लोकल कुखुराको मासुको स्वाद लिन पाउने १६ नं होमस्टेकी सदस्य सुकमाया गुरुङले बताउनुभयो । 

उहाँका अनुसार होमस्टेले प्रदान गर्ने सेवा, ग्रामिण परिवेश र अर्गानिक खानाको स्वाद लिन पाउँदा पाहुनाहरू पनि खुशी हुने उहाँले बताउनुभयो । 

यस गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला, पोखरा बजार, फेवाताल आदीको दृश्यावलोकन गर्न सकिन्छ। न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले यहाँ आउने जो कोही पर्यटकलाई होमस्टेले आकर्षित गर्छ । आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा परेको यो होमस्टे समृद्धितर्फ लम्किँने क्रममा छ ।

पोखराबाट १२ किलोमिटरको दुरीमा रहेको यो होमस्टे छोरेपाटन, शान्तिस्तुपा, पुम्दिकोट हुँदै हाइकिङ मार्फत पनि सजिलै पुग्न सकिन्छ ।

Post a Comment

0 Comments